अर्घाखाँची: अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
हिजो साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए ।
घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।
