काठमाडौ: भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालबिरुद्धको खेल जित्न कठिन हुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान क्षेत्रीले नेपालसँग खेल्नु सँधै कठिन हुने बताएका हुन् ।
नेपालले बाहिर जस्तोसुकै खेलेपनि घरेलु मैदानमा भने राम्रो प्रदर्शन गर्ने भएकाले पनि भोलिको खेलमा जित निकाल्न कठिन हुने उनको भनाइ छ ।
उनले अफूसँग खेलेका कुनै पनि खेलाडी अहिले नेपाली टिममा नरहेको पनि बताएका छन् ।
बिहीबार नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल खेल हुँदैछ ।
उक्त खेल दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ७ बजेबाट हुनेछ ।

