काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको थोक मूल्यमा पछिल्ला दिनयता बढ्दो महँगीलक्षण झल्किएको छ। विशेषगरी गोलभेँडा, सिमी, सागसब्जी र मसला वर्गका वस्तुमा उल्लेख्य वृद्धि देखिएको समितिले जानकारी दिएको छ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) रु ११०, टनेल गोलभेँडा रु १२०, भारतीय सानो रु ११५ र तराई सानो रु १२० कायम गरिएको छ।
आलुका भाउमा पनि भिन्नता देखिँदै आलु रातो प्रतिकिलो रु ६०, भारतीय रातो रु ४५ र सेतो आलु रु ४० तोकिएको छ।
प्याज (भारतीय) प्रतिकिलो रु ३४ मा व्यापार भइरहेको समितिको भनाइ छ।
सागसब्जी र जरिवन्दामा पनि मूल्य पहिलेको तुलनामा कडा छ।
गाजर (लोकल) प्रतिकिलो रु १४५, गाजर (तराई) रु १३५, बन्दा (तराई) रु ६०, काउली स्थानीय रु ६५, रातो मूला रु ६५, लोकल सेतो मूला रु ३५, हाइब्रिड सेतो मूला रु ६० र भन्टा लाम्चो रु ७० निर्धारण गरिएको छ।
दलहन–सिमी वर्गका वस्तुमा समेत उच्च दर कायम भएको छ।
मटरकोसा रु १५०, घिउसिमी (लोकल/हाइब्रिड) रु १६०, घिउसिमी (राजमा) रु १००, तिते करेला रु १४०, फर्सी पाकेको रु ४०, हरियो फर्सी रु ६०, भिन्डी रु १००, सखरखण्ड रु ७०, बरेला रु ७० र पिँडालु रु १०० कायम छ।
सागसब्जी समूहमा रायोसाग रु ७०, पालुङ्गो रु २००, चमसुर, हरियो प्याज रु ७०, बकुला रु १६०, तरुल रु ९०, च्याउ (कन्य) रु २३० र च्याउ (डल्ले) प्रतिकिलो रु ३८० पुगेको छ।
त्यस्तै, ब्रोकाउली रु १५०, चुकुन्दर रु ९०, रातो बन्दा रु १५०, पुदिना प्रतिकिलो रु ५००, कागती रु १२०, काक्रो (लोकल) रु ५५, हाइब्रिड काक्रो रु ३०, लप्सी रु ६५, अमला रु ७५, अदुवा रु ७०,
सुकेको खुर्सानी रु ४००, हरियो खुर्सानी रु ८०, बुलेट रु १२०, माछे/अकबरे रु १५०, भेडे खुर्सानी रु १८०, हरियो लसुन रु १५०, धनियाँ रु २००, चाइनिज सुकेको लसुन रु २०० र नेपाली लसुन रु १३० मा कारोबार भइरहेको छ।
त्यसैगरी रूख टमाटर रु १५० र काँक्रो (लोकल क्रस) रु ५० निर्धारण गरिएको समितिले जनाएको छ।
बजारमा मौसम, आपूर्ति र आयात–निर्यातको अवस्थाका कारण दैनन्दिन उपभोग्य तरकारीहरूमा मूल्य उतार–चढाव भइरहने कालीमाटी बजार समितिको भनाइ छ।

