२०७४ फाल्गुन २० देखि अन्तर्राष्ट्रय स्तरमा इन्धनको मूल्य नबढे पनि भारतबाट आएको मूल्य सूचिअनुसार पेट्रोल, मटीतेल र डीजेलमा भाउ बढाएको थियो । बाह्य बजारमा तेलको मूल्य बढेको भनि २०७५ साल बैशाख ३ र २० देखि फेरी इन्धनको मूल्य बढेको थियो। ओलीको सरकार आएपछी छैठो भन्दा बढी पटक इन्धनको मूल्य समायोजन भएको थियो २०७५ देखि २०७८ आृउँदा इन्धनको मूल्य तलमाथी गर्दै आयो । तर २०७८ आषाढ ३० मा शेर बहादुर सरकार आएकै दिन पेट्रोलको मूल्य रु. १२९ बाट रु. १२८ मा झरेको थियो ।
ओली सरकार आएपछि पहिलो ,दोश्रो, तेश्रो पटक हुँर्द पाँचौ पटक देखि दशौं पटक इन्धनको मूल्य बढेको तर तेलको मूल्य बढेको दिन सुनको भाउ प्रति तोला त्यति धेरै फरक परी बढेका थिएन् । फेरी २०७५ जेठ १९ बढी पेट्रोल प्रति लिटर रु. ११३ पुगेको थियो । यद्यपी बाह्य बजारमा पेट्रोलको भाउ बढेको देखिदैन्। २०७७ चैत्र २३ मा बसेको तेलको मूल्य ओली सरकार आएपछि चौंधौं पटक थियो ।
ओलीको सरकार आएपछी दशौ पटक बढी इन्धनको मूल्य समायोजन भएको थियो २०७५ देखि २०७८ आृउँदा इन्धनको मूल्य तलमाथी गर्दै आयो । तर २०७८ आषाढ ३० मा शेर बहादुर सरकार आएकै दिन पेट्रोलको मूल्य रु. १२९ बाट रु. १२८ मा झरेको अवस्थामा पुःन २०७८ श्रावण अन्तमा पेट्राल भाउ घटेको बताइन्छ। २०७५ तर भाद्र सिद्धिन लाग्दा पेट्रोल मूल्य रु. १३० भएको छ।
स्मरण गराईन्छ की २०७४ साल माघ ४ देखि नेपालमा इन्धनको मूल्य बाह्य बजारमा बढेको भनेर बढाईएको छ। बाह्य बजारमा इन्धनको मूल्य क्रमशः बढदै गएकाले नाफामा केहि कम देखिएको बताईन्छ । भनिन्छ यही क्रममा बाह्य बजारमा कच्चा तेलको मूल्य बढदै गएमा अर्को बर्ष अर्थात चालु बर्ष २०७४ –७५ मा निगम नोक्सानमा जाने संभावना रहन्छ। तर २०७५ बैशाखमा २२ मा तेलको मल्य बढाएकोले घाटा हुने आंकलन कमै थियो।
डलर पनि डलर पनि बलिया भएकोले निगमको नाफामा पनि कम भएको बताईन्छ। गत बर्ष अर्थात सन् २०१७ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० देखि ५५ अमेरीकी डलर थियो। २०७४ माघ ३ मा कच्चा तेलको मूल्य बाह्य बजारमा प्रतिब्यारेल ६९.१५ अमेरीकी डलरमा कारोबार भएको निगमले बताउँछ। तर अप्रील २०, २०१८ मा तेलको भाउ प्रति ब्यारेल ७४ डलर भन्दा माथी गएको थियो ।
क्रैयन बर्ष वित्दा पनि घोषणाअनुसारका काम सुरु पनि भएको देखिदैन् । नेपाल आयल निगमले थप ९० दिनलाई पुग्ने गरी सात प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने गरी योजना अगाडी बढाएको छ। हालसम्म निगमसंग देशका काठमाडौं, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र दिपायलका भण्डारण गृह गरेर ७१ हजार ६ सय २ किलोलिटर मौज्दात राख्ने क्षमता छ। काठमाण्डौ उपत्यकामा दैनिक पेट्रोल साढे तिनसय किलोलिटर र डिजेल साढे चार लाख किलोलिटर खपत हुने गर्दछ। निगमसंग हाल देशको इन्धन ७१ हजार किलोलिटर मौज्तात क्षमता मध्ये पेट्रोल ५ हजार १ सय ८४ किलोलिटर , डिजेल ४२ हजार चार सय र हवाई इन्धन ८ हजार ४ सय किलोलिटर भण्डारण क्षमता रहेको छ। न्यून क्षमता भएका कारण कुनै बर्ष लामो समय इन्धन आपूर्तिमा भएको अवरोधले देशले ठूलो संकट भोग्दै आउनु परेको छ। विगतमा उपभोतmाले प्रतिलिटर रु. एक सयमा पाउने पेट्रोललाई रु.सातसयसम्म तिर्नु परेको थियो। चालु आर्थिक बर्षमा पनि भण्डारण क्षमता बढाउने कार्यक्रमको कार्यान्वयन भएको छैन् । निगमले नाकाबन्दीको समयमा अगाडी सारिएका योजनामा पेट्रोलियम भण्डारण क्षमता बृद्धि गर्ने , ग्यास कार्डको व्यवस्थित वितरण र चिनबाट पेट्रोलियम पदार्थको आयात थिए तर ती सबै अलपत्र परेको देखिन्छ।
निगमले बार्षिक रु. एक खर्ब भन्दा बढी इन्धन आयात गर्ने गरेको छ। आ.ब. २०७२–७३ मा नाकाबन्दी हुँदाहुँदै पनि करिब ८५ अर्बको इन्धन आयात भएको थियो। २०७२ मा तराई बन्द वा भारत नाकाबन्दीका कारण नेपालमा इन्धन पटक–पटक नेपाल बायु सेवा निगमले कोलकाटाबाट एयरलिफ्टिङ गरी हवाई इन्धन ल्याउनु परेको थियो। विगत पाँच बर्ष घाटामा रहेको निगमले पछिल्ला दुई बर्ष लगातार उच्च नाफा आर्जन गरेको थियो। बाह्य बजारमा कच्चा तेलको मूल्यमा आएको बृद्धिले गत बर्षको अर्थात २०७३–७४ मा मुनाफा ५० प्रतिशतले घटेको बताईन्छ। गत बर्ष अर्थात २०७३–७४ मा नाफा ९ अर्ब ४५ करोड रुपैयाँमा सिमीत भएको बताईन्छ। आ.ब. २०७१–७२ मा १५ अर्ब चार करोड र २०७२–७३ मा १९ अर्ब ३६ करोड नाफा भएको बताईन्छ। बताइन्छ की त्यस बेला निगम ऋृणमा नै थियो।
बेलाबेलामा नेपालमा भारतभन्दा पेट्रोल तथा डिजेल सस्तो भएको अवस्थामा नेपालबाट भारततर्फ ठूलो मात्रामा पेट्रोल तथा डिजेल तस्करी भइरहेको देखिन्छ। यस्तै नेपालमा भन्दा भारतमा सस्तो भएमा भारतबाट नेपालमा तस्करी हुने अवस्था देखिन्छ। यस्तो कार्य खुला सिमाना भएका कारणले भएको हो।
यस्तै २०७४ को मार्गदेखि नै फाल्गुनतिर पनि भारतमा भन्दा नेपालमा प्रतिलिटर डिजेल २८ र पेट्रोल २२ रुपैयाँ सस्तो पर्ने भएकाले सिमावर्ती क्षेत्रबाट पेट्रोल पम्पबाट इन्धन भारत तस्करी भइरहेको थियो। तराई क्षेत्रका पम्पबाट अत्यधिक मात्रामा इन्धन भएमा सहज तस्करी भएको मान्न सकिन्छ । निगमले पर्याप्त मात्रामा इन्धन वितरण गरेको दाबी गरे पनि बजारमा यस्ता कारणले इन्धन अभाव देखिन थाल्दछ। स्मरण गराईन्छ की पहिले देखिनै नेपाल–भारतको सिमा दबै तर्फका क्षेत्रमा इन्धन मूल्यमा धेरै अन्तर भएमा दुबै तर्फ तस्करी हुन थाल्दछ। बताइन्छ की भारतले नेपालका लागि भन्सार छुट दिएको छ। तर भारतीय बजारमा अन्तशुःल्कसंगै विभिन्न करहरु लगाएर खुद्रामूल्य निर्धारण गरिन्छ। भन्सार छुट हुँदा नेपालमा इन्धन सस्तो पर्न जान्छ,। तर यस्तोमा अनुगमन पनि नभएको देखिन्छ। हालसालका महिनामा पनि मूल्य अन्तरका कारण भारतमै डिजेल –पेट्रोल बिक्री गरेर रितै फर्काएको ट्यांकर र पेट्रोलपम्पमाथी निगमले छानबिन सुरु गरेको देखिन्छ। इन्धन मापदण्डका औजार –काँटा बेलाबेलामा बिगारेको खबर बाहिर आउने गर्दछ।यस्मा बैज्ञानीक प्रणाली अपनाउने भने पनि अबेर गरिदैछ। यस्तो अवस्थाले गर्दा बाह्य बजारमा इन्धनको मूल्य घट्दा पनि यहाँको भाउ नघटाएकाले निगमको नाफा उच्च रहँदै आएको छ । वास्तवमा यस्तो फाइदा उपभोतmाले पाउन पर्ने दावी छ। तर उपभोक्ताकर्मी इन्धनको मूल्य नघटाउन तस्करी भएको भन्दै निगमनै अभाव सिर्जना गर्न लागि परेको बताइन्छ।
अर्को तर्फ फाल्गुन २०७४ महिनामा नै बाह्य बजारमा इन्धनको मूल्यमा निरन्तर गिरावट आइरहे पनि निगमले इन्धनको मूल्य कम गरी समायोजना गरेको देखिएन । तर बाह्य बजारमा इन्धनको मूल्य बृद्धि भएमा तत्काल मूल्य समायोजनका नाममा उपभोक्ताबाट व्यापक असुली गर्ने गरी मूल्य कायम गरिन्छ। निगमले इन्धनको मूल्य भारतीय निगमबाट घटाएर आए पनि नेपाल आयल निगमले यस्तो अवस्था मूल्य घटाएमा निगम घाटामा जाने भएकोले बाह्य बजारमा तेलको मूल्य घटे पनि नेपाली बजारमा मूल्य नघटाईएको बताएको थियो। निगम पाक्षीक ७ देखि १४ करोड रुपैयाँ घाटामा रहेकाले मूल्य घटाएमा निगम झन बढी घाटामा जाने बताइन्छ । फाल्गुन पहिलो हप्तामा विश्वमा तेलको मूल्य अलिकति बढे पनि निगमले नबढाएकाले पाँच– छ महिनामा पाँच करोड जति नाफामा रहेको बताईएको थियो। अलिकति बढेको भनेको प्रतिब्यारेल कति डलर हो निगमले उल्लेख गर्न पर्ने थियो।
बाहय बजारमा मूल्य घटेको बेला नेपालमा मूल्यमा समायोजन गरिएको देखिदैन तर मूल्य अद्याबधिक समायोजन गरिने भनिदै आएको छ। २०७४ फाल्गुनमै भारतले सउदी अरेबियासंग सन्तुलित तेलको मूल्यका लागि आग्रह गरेको देखिन्छ। विश्वको तेस्रो सबैभन्दा ठूलो तेलका उपभोतmा रहेको देश भारतलाई तेल आपूर्तिका क्रममा केहि सहुलियत दिनपर्ने माग भारतले बेलाबेलामा राख्दै आएको छ। यस्तो अवस्थामा नेपालमा इन्धनको मूल्यमा गिरावट आउन पर्ने हो ।सउदी अरेबियाको लागि तल व्यापारको हिसाबमा एसिया निकै महत्वपूर्ण क्षेत्रको रुपमा रहदैं आएको छ। नेपालले यस्ता देशसंग कच्चा तेल किनेर देशमा प्रशोधन दशौकौं अगाडी देखिनै गर्न सक्दथ्यो तर त्यसो किन भएन् । हालको भारतको ५० लाख टनबाट ६० लाखको टनमा तेल भण्डारण क्षमता बनाउँदैछ। आयल निगमले दशौंकौ अगाडी सेयर जारी गरेको भए निगमको कार्यक्षेत्र निकै विस्तार हुँदै जाने थियो। तर अब निगमले सेयर जारी गर्ने २०७३ साउनमा भनिए पनि त्यसतर्फ केहि कार्य भएको देखिदैन् । तर इन्धन मूल्य स्चालित मूल्य लागु नगरे निगमको सेयर सर्वसाधारणको लागि आकर्षक नहुन सक्ने बताईन्छ। लामो समय घाटामा रहेको निगम आ.ब. २०७१–७२ मा करिब १५ अर्ब रुपैयाँ नाफा गर्न सफल भएको थियो। बाह्य बजारमा कच्चा तेलको मूल्य निकै घटेको अवस्थामा पनि सोहिअनुसार नेपालमा इन्धन मूल्य नघटाईएकाले निगमलाई प्रशस्ता नाफा भएको थियो तर यस्तो नाफा निगमको कर्म र कार्यविस्तारले भएको देखिदैन्। निगम देशको इन्धन आयात गर्ने एकाधिकार प्राप्त सरकारी संस्थान हो। तै पनि बेलाबेलामा एकाधिकार तोडिएको कुरा बाहिर आए पनि निगमबाहेक अरुले तेल आयात नियमित रुपमा गरेको देखिदैन् ।
तेलको मूल्य निर्धारणमा अबका दिनमा अमेरिकाले अरु उत्पादक भन्दा ठूलो भूमीका रहन सक्ने देखिएको छ ।विश्वका केहि तेल उत्पादकहरुमा अमेरिका, सउदी अरेबिया, रसिया,ओपेक, क्यानडा, ब्राजील, भेनेजुयला अदि छन् । विगत लामो अवधिमा कुनै उत्पादकले तेलको उत्पादन स्वात घटाएका छन् भने कसैले बढाएका छन्। अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले २०१८ मा प्रकाशीत गरेको विवरणमा अमेरिका अब विश्वको सबैभन्दा ठूलो तेल उत्पादक बन्ने अभियानमा लागेको देखिन्छ। अमेरिकाले सन् २०१९ मा रसियाभन्दा भन्दा अगाडी तेल उत्पादनमा अग्रणी हुने बताएको थियाृे । विश्व बजारमा तेलको मूल्यमा भारी गिरावट आएपनि केहि उत्पादकका अर्थतन्त्रमा पनि असर पर्ने देखिएको बताईन्छ। विश्वको सबैभन्दा ठूलो तथा अत्यधिक बृद्धि भइरहेको एसियाको बजारमा देखिएको सुधारको नतिजासंग अमेरिकाले तेल निर्यातमा बृद्धि भएको देखिएको हो। यसले गर्दा अमेरिका अमेरिका ओपेक र रसियाभन्दा पनि बढी तेल निर्यात गर्न सक्ने देश देखिएको हो । यद्यपी अमेरिकाको तेल आयातमा कमी देखिएको छ। विश्वको तेलकाो मागमा भने सन् २०१८ को समग्र अवधिमा १४ लाख ब्यारेल प्रतिदिनले बढी हुनसक्ने बताइएको थियो।
निगमले पेट्रोलियम पदार्थमा हुने चोरी र मिसावट रोक्नको लागि टेढ दुई बर्ष अगाडी ट्रक–ट्यांकरमा सेक्यूरिटी लक सिस्टम राख्न व्यवसायीहरुलाई भनिएको थियो तर भनिन्छ की यस्ता लक जडान गर्न कम्पनी नेपालमा छैनन् र व्यवसायीले भारतमा गएर लक जडान गर्नु पर्ने देखिन्छ। नेपालमा १५ सय ट्यांकरले इन्धन ढुजानी गर्दै आएका छन्। नेपालमा इन्धन भण्डारण क्षमता बृद्धि गर्ने सरकारको योजना कहिले सकिने अथवा सुचारु हुने हो। हाल १७ दिन मात्र रहेको भण्डारण क्षमता विस्तार गरी १ सय सात दिन पु¥याउने भनिएको थियो। २०७२ को नाकाबन्दी खुलेपश्चात सहज आपूर्ति भएका कारण क्षमता विस्तार कार्यमा ध्यान कम दिएको देखिन्छ। भारतमा ५० दिन, चीनमा १३५ दिन , इजरायलमा २७० दिन, दक्षिण कोरियामा २४० दिन , जापानमा १३७ दिन , अमेरिकामा १२० दिन, स्विजरल्याण्डमा ९० दिन, थाइल्याण्डमा ७० दिन र फ्रान्समा ५५ दिन इन्धन भण्डारण क्षमता रहेको देखिन्छ। यहि सन्दर्भमा नेपालले आफ्नो इन्धन भण्डारण क्षमता र आपूर्ति अवस्थामा सुधार ल्याउन अत्यन्त आवश्यक देखिन्छ।
(लेखक व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रमा पूर्व नायवकार्यकारी निर्देशक हुनुहुन्छ। )

