२१ भाद्र, काठमाडौं
नेपाल सुनचाँदी ब्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थावीच सरल र सहजरुपमा इन्स्योरेन्सको कामगर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल सुनचाँदी ब्यवासायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार यो समझदारी सँगै अव मुलुकभरका सुनचाँदी ब्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनिसँग सहज र सरलरुपमा इन्स्योरेन्स गरी ब्यवसायीक लाभ लिन सक्नेछन् । देशभरका सवै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले कम्पनिको कुनै पनि शाखावाट यो सुविधा लिन सक्ने उहाँले बताउनुभयो ।

कर्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले दुई संस्थावीच भएको समझदारीले सुनचाँदी ब्यवसायी महासंघमाआवद्ध ब्यवसायीहरु लाभान्वित हुने धारणा राख्नुभयो ।यसक्रममा नेपाल सुनचाँदी ब्यवासायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले दुई संस्थाबीच भएको समझदारी र त्यसवाट ब्यवसायिले लिनसक्ने लाभका बारेमा प्रकाश पार्नुभएको थियो ।महासंघका प्रवक्ता मनोज शाहले ब्यवसायीको हितकालागि महासंघले एनएलजी इन्स्योरेन्स कम्पनिसँग समझदारी गरेको बताउनुभयो ।
सुनचाँदी ब्यवसाय आफैंमा अत्यन्तै संवेदनशील ब्यवसाय हो । यसर्थ यस ब्यवसायमा आवद्ध ब्यवसायीहरुका लागि यो सम्झौताले महत्वपूर्ण लाभ पुग्ने बिश्वास लिइएको छ ।

