काठमाडौं— बरिष्ठ लेखक तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि वैचारिक लेखन, सामाजिक विश्लेषण र जनपक्षीय बहसमा सक्रिय पाठकको यो प्रवेशलाई पार्टीले विचार र संघर्षको महत्वपूर्ण मिलनका रूपमा लिएको छ।
पार्टीले जारी गरेको स्वागत वक्तव्यमा भनिएको छ— युग पाठकको प्रवेश केवल औपचारिक सदस्यता होइन, कलम र चेतनालाई प्रत्यक्ष रूपमा जनताको राजनीतिसँग जोड्ने ऐतिहासिक कदम हो। उनका लेखन र विचारले समाजमा चेतना निर्माण गर्दै आएको उल्लेख गर्दै पार्टीले यसले वैचारिक संघर्षलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीले संघर्ष, सिद्धान्त र परिवर्तनको यात्रामा अब एक सशक्त बौद्धिक आवाज थपिएको जनाएको छ। पार्टीका नेताहरूले युग पाठकको अनुभव, वैचारिक स्पष्टता र प्रतिबद्धताले जनमुखी वैकल्पिक राजनीतिक धारलाई बल पुग्ने बताएका छन्।
पार्टी प्रवेशसँगै युग पाठकलाई हार्दिक स्वागत गर्दै नेपाली कम्युनिष्ट पार्टीले आगामी दिनमा साझा संघर्षलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
Previous Articleविनम्रता, आत्मज्ञान र सहिष्णुताको समन्वय
Next Article कुनै पनि व्यवसाय चुनौतीबिनाको हुँदैन:ईश्वर गमाल

