काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन्।
हुमागाईंले केही दिनअघि नै रास्वपा परित्याग गरेको घोषणा गरेका थिए। उनले सात बुँदे असन्तुष्टि सार्वजनिक गर्दै पार्टीबाट राजीनामा दिएका थिए। मंगलबार उनले नेपाली कांग्रेसमा औपचारिक रुपमा आवद्ध भएको घोषणा गरेका हुन् ।

