काठमाडौं: ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत पोखरा महानगरपालिका वडा नं ३० – कास्की स्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबीवार्मर प्रदान गरेकोछ। बैंकले अस्पताललाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर प्रदान गरेको हो।
अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख श्रीविशाल लामिछाने र बैंकका तालचोक शाखाप्रबन्धक श्री सागरमणि भण्डारीद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझालाई सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबीवार्मर संचालन सम्बन्धि विशेष तालिमपनि प्रदान गरिएको थियो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नकोलागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।
बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२वटा ‘न्यानोनानी’ बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यकालागि सो केन्द्रको “न्यानोनानी” परियोजना- २ को लागि सहयोग प्रदान गरेको थियो।
ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

