अनलाईन सपिङ्ग पोर्टल दराजमार्फत खरिद गर्दा १५ प्रतिशत सम्म छु
नेपाल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकलाई विशेष अफरको घोषणा गरेको छ ।
मिति २०७८ साल चैत्र २२ गते मंगलबारका दिन नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएकोछ । यो योजना २०७८ चैत्र२८ देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक श्री आँचल कुँवरले हस्ताक्षर गर्नुभएकोछ । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो ।नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुटर क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नुहुने छन् । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमाई–कमर्ससक्रिय गर्नु पर्छ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्दछ ।बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन समेत आग्रह गरेकोछ ।
नेपाल बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउन समर्पित छ ।सम्झौता समारोहमा बोल्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतश्री कृष्ण बहादुर अधिकारीले यस्ता डिजिटल सेवाहरू बढाएर र नयाँ प्राविधिक आविष्कारहरूसँग अनुकूलन गरेर नेपालको सम्पूर्ण बैंकिङ्ग उद्योगलाई नयाँ आकार दिन सकिने बिचार व्यक्त गर्नुभयो । दराजकी प्रबन्ध निर्देशक श्री आँचल कुवँरले नेपालको पहिलो तथा सबल बैंकसंग सहकार्य गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो ।

