काठमाडौं / ज्योति विकास बैंकले २०७८ साल चैत्र २४ गते बिहिबार लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैङ्किङ पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।
लहान नगरपालिका वडा नं- ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरुपमा गर्नु भएको थियो।
साथै, कटारी नगरपालिका वडा नं- ४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्तरुपमा गर्नु भएको थियो।
उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले लहान र कटारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै , QR code निशुल्क डलरकार्ड जारी, निशुल्क डिम्याट खाता, निशुल्क मेरो सेयरर जिस्ट्रेशन, निशुल्क डेबिटकार्ड, निशुल्क मोबाईल बैङ्किङ सेवा, निशुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक रमासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

