तोमनाथ उप्रेती
अमेरिकाको ४७ औ राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पको विजयी शूरुवातीसंगै एलोन मस्कको चर्चा र उनको कम्पनी टेस्लाको शेयर बजार पन्ध्र प्रतिशतले बढेको समाचारले झनै व्यापकता पाएको छ । ब्लूम्बर्ग बिलियनेर्स इन्डेक्स, २०२४ का अनुसार एलोन मस्क दुई सय ६३ अर्ब डलरको सम्पत्तिका साथ विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन ा इलोन रिभ मस्क (जन्म जुन २८, १९७१) एक दक्षिण अफ्रिकामी जन्मिएका क्यानडेली–अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी रे परोपकारी हुन् । मस्कको जन्म २८ जून, १९७१मा दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा भएको थियो । सानो छँदा, मस्क आविष्कारको बारेमा दिउँसौ सपना देख्दै यति हराएका थिए कि उनका अभिभावक र डाक्टरहरूले उनको सुनुवाइ जाँच गर्न सुझाव दिएका थिए ।
मस्को सनैदेखि कम्प्युटरमा रुची थियो । उनले आफैंले आफैँलाई कसरी प्रोग्राम गर्ने भनेर सिकाए, र जब १२ बर्षको भए तब उनले आफ्नो पहिलो सफ्टवेयर लञ्च गरे । उक्त सफ्टवेयर ब्लास्टर नामक एक खेल थियो ।ग्रेड स्कूलमा, मस्क सानोकद भएका, अन्तर्मुखी र किताबीकिरा थिए । उनी १५ वर्षको उमेरसम्मा स्कुलमा धेरै हेपिन्थे । त्यसपश्चात उनले आफूले आफैलाई विकास गर्ने निर्णय गरे र कराते र कुस्ती सिक्न थाले । आफ्नो बचाउ आफै भन्ने धारणले उनी अगाडि बढेका थिए ।
उनी एक मिश्रित परिवारमा जन्मिएका थिए; उनका बुबा, एरोन मस्क, इञ्जिनियर थिए, जबकि आमा, मेय मस्क, मोडल र आहार विशेषज्ञ थिइन्।मस्कको बाल्यकालमा प्राविधिक र वैज्ञानिक चासो थियो। उनले छवटी वर्षको उमेरमा आफ्नो पहिलो कम्प्युटर पाएका थिए र त्यसपछि प्रोग्रामिङ सिक्न थाले। उनले १२ वर्षको उमेरमा “ब्लास्टार“ नामको एउटा भिडियो खेल विकास गरेका थिए।स्कूलको समयमा मस्कलाई चिढ़ाउने काम गरिन्थ्यो, तर उनले त्यहाँबाट कसरि अघि बढ्ने र सफल हुने सोच बनाए। १७ वर्षको उमेरमा, उनले दक्षिण अफ्रिका छोडेर क्यानडामा बस्नका लागि जान थाले। त्यसपछि उनले अमेरिका गएर आफ्नो अध्ययनलाई अघि बढाए।मस्ककी आमा, माये मस्क क्यानाडाली मोडल हुन् र कभरगर्ल अभियानमा स्टार गर्ने सबैभन्दा पुरानो महिला पनि हुन् । जब मस्क हुर्किरहेका थिए, उनकी आमाले आफ्नो परिवारलाई टेवा दिन पाँचवटा काम गर्थिन। मस्कका बुबा एरोल मस्क, धनी दक्षिण अफ्रिकी इन्जिनियर हुन् ।मस्कले आफ्नो प्रारम्भिक बाल्यकाल आफ्नो भाई किम्बल र बहिनी तोस्कासँग दक्षिण अफ्रिकामा बिताए । उनी १० वर्षको हुँदा उनका आमाबुबाको सम्बन्धविच्छेद भएको थियो ।
१७ वर्षको उमेरमा, १९८९ मा, मस्क क्वीनस् विश्वविद्यालयमा पढ्नमा लागि र दक्षिण अफ्रिकी सेनामा अनिवार्य सेवाबाट बच्नका लागि क्यानाडा बसाई सरे ।त्यस वर्ष मस्कले क्यानाडाको नागरिकता प्राप्त गरे, किनभने उनलाई उक्त मार्गबाट अमेरिकी नागरिकता लिन सजिलो हुने थियो। सन् १९९२ मा मस्कले पेनसिल्भेनिया विश्वविद्यालयमा व्यवसाय र भौतिक विज्ञान पढ्न क्यानाडा छाडे । उनले अर्थशास्त्र मा स्नातक तह कटाए र भौतिक विज्ञानको दोस्रो स्नातकको तयारी गरे ।
पेनसिल्भेनिया छोडिसकेपछि मस्कले उर्जा फिजिक्समा पीएचडी गर्न क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीमा पुगे । उनको हरेक पाइला इन्टरनेटको बूमसँग ठ्याक्कै मिल्दोजुल्दो थियो, र उनी यसको हिस्सा बन्न दुई दिन पछि स्टेनफोर्ड छोडेर बाहिरिए ।सन् १९९५मा उनको पहिलो कम्पनी जिप २ कर्पोरेसन सुरु भयो । मस्क २००२ मा अमेरिकी नागरिक बने ।
उनी स्पेसएक्सको संस्थापक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख प्राविधिक अधिकारी रे प्रमुख डिजाइनर हुन्। टेस्ला इन्कको सुरुवाती लगानीकर्ता, सि.इ.ओ र प्रोडक्ट आर्किटेक्ट ,द बोरिङ कम्पनीको संस्थापक, न्युरालिंकको सह–संस्थापक, रे ओपन ए आइको सह–संस्थापक तथा सुरुवाती अध्यक्ष हुन् । उनी २०१८ मी फेलो अफ रोयल सोसाइटीको रूपमी निर्वाचित भएका थिए। सन् २०१८ मा उनी फोर्ब्सको संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको सुचीमी २५ औँ स्थानमी सुचिकृत भएका थिए । सन् २०१९ कोमस्ट इनोभेटिब लिडरमी पहिलो स्थानमा परेका थिए। एलोन मस्क दक्षिण अफ्रीकामा जन्मेका अमेरिकी उद्यमी र व्यापारी हुन् । उनले सन् १९९९ मा एक्स डटकमको सुरुवात गरेका थिए । जुनपछि पे पालको नामले परिचित भयो ।
उनले सन् २००२ मा स्पेसएक्स र २००३ मा टेस्ला मोटर्स स्थापना गरे । उनले आफूले सुरु गरेको जिप २ नामक कम्पनी कम्पायाक कम्पूटर कम्पनीलाई बेचेपछि मस्क ३० वर्षको उमेर पुग्नु अगाडि नै मल्टी मिलिनियर हुन पुगे । मे २००२ मा मस्कले सबैको ध्यानआकर्षीत गराए जब स्पेसएक्सले रकेट प्रक्षेपण गर्यो । जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पहिलो सवारी साधन पठाउनको लागि थियो ।सन् २०१६ मा सोलार–सिटीको खरीदसँगै उनले आफ्नो पोर्टफोलियोलाई बढावा दिए र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको सुरुका दिनहरूमा सल्लाहकारको भूमिका लिएर उद्योग क्षेत्रको प्रभावकारी नेताको रूपमा रहे ।
टेस्ला कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सईओ) को उपाधि त्याग गरी स्वघोषित रुपमा टेक्नो किङ अफ टेस्लाको उपाधि लिएका थिए । टेस्लाका प्रमुख वित्तीय अधिकृतले उनलाई मास्टर अफ क्वाइनको उपाधि दिएका थिए। यसै वर्ष कम्पनीले डेढ अर्ब डलरको बिटक्वाइन किनेको सन्दर्भलाई अंकित गर्दै उपाधि दिलाइएको हो । नयाँ उपाधि लिएपनि मस्क कम्पनीको प्रमुख कार्यकारी नै रहिरहने युएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले जनाएको छ । मस्क र अन्य पदाधिकारीहरुले नयाँ उपाधिका बारेमा थप बताएका छैनन् । मस्कले कम्पनीबारे झुठो र भ्रामक ट्विट गरेको भन्दै टेस्लाका एक लगानीकर्ता कानुनी उपचारमा गएको केही दिनमै मस्कले आफूलाई यस्तो उपाधि दिएका हुन् । चेज ग्रारिटीले मस्कलाई टेस्लाको वित्तीय अवस्थाका बारेमा उनका दसौं लाख ट्विटर फलोअरलाई ढाँटेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए ।
मस्कले औपचारिक अध्ययनलाई खासै महत्व दिँदैनन् । कलेजको पढाइलाई उनी ‘जोक मान्छन् । ‘मलाई लाग्छ कलेज आधारभूत रूपमा रमाइलोका लागि हो । यसअघि मस्कले भनेका थिए । आफूलाई कहिल्यै कलेज आवश्यक नपरेको र आफूलाई जे मन पर्छ त्यही पढेको उनको भनाई छ । मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको परीक्षण पेजर नामको बाँदर र सुंगुरमा गरिएको र त्यो सफल भइरहेको कम्पनीले बताएको छ ।
सो चिपको अब क्लिनिकल ट्रायलका निम्ति स्टार्ट अपको डाइरेक्टर नियुक्ति गरिने पनि बताइएको छ । उक्त ट्रायलपछि चिपलाई मानव दिमागमा प्रयोग गरिनेछ । चिपको विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान चिकित्सक, इन्जिनियरका साथै न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई अघि सारिएको उल्लेख गरिएको छ । डाइरेक्टरले क्यालिफोर्नियाको फ्रेमोन्टमा बसेर काम गर्ने पनि विज्ञापनमा खुलाइएको छ ।
प्यारालाइसिसका कारण नशाको समस्या भोगिरहेका मानिस सो प्रविधिको मद्दतबाट पुनः काम गर्न सक्ने बन्ने कम्पनीको दाबी छ । यो वर्षको अन्त्यसम्ममा मानव दिमागमा सो चिप प्रयोग गर्ने योजना सुरु हुने मस्कले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सबै कुरा सहज रहेमा न्युरालिंकको नामबाट सुरु हुन लागेको ब्रेन कम्प्युटर इन्टरफेस स्टार्टअपको मानव परीक्षण यसै वर्षको अन्त्यसम्ममा आरम्भ गर्न सकिने छ ।
उनले २०१६ मा सानफ्रान्सिस्कोको बे एरियामा यो स्टार्टअप आरम्भ गरेका थिए । अल्जाइमर, डिमेन्सिया र मेरुदण्डमा लागेको चोटबाट उत्पन्न न्यरोलोजिकल समस्याको उपचारका लागि मानव मस्तिष्कमा एक कम्प्युटर इन्टरफेस प्रत्यारोपित गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । नयाँ नयाँ काम गर्न रुचाउने मस्कले यसअघि केही मानिसलाई अन्तरीक्षमा लिएर गएका थिए । उनको विद्युतीय कार निर्माता कम्पनी टेस्ला संसारभर चर्चित छ । पछिल्लो परियोजनामा मस्कले दीर्घकालीन लक्ष्य लिएको देखिन्छ । मानव र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को सम्बन्ध पत्ता लगाउनु न्युरालिंकको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
मस्कका अनुसार न्युरालिंक प्रत्यारोपणका सुनिश्चितताका लागि निकै तीव्र गतिमा काम गरिरहेको छ । कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेटिभसँग सम्पर्क पनि गरिसकेको छ ।मस्कले एक अन्तर्वार्तामा न्युरालिंकले बाँदरको मस्तिष्कमा एउटा वायरलेस इम्प्लान्ट गरिएको बताएका छन् । बाँदरले दिमागको मद्दतबाट भिडियोगेम खेलेको थियो । यसअघि सुँगुरको दिमागमा पनि उक्त चिप परीक्षण गरिएको थियो ।
सन् १९९५ मा एलन, किम्बल र ग्रेग कुरीले एन्जल लगानीकर्ताबाट आएको पैसाबाट वेव सफ्टवेयर कम्पनी जिप टुको स्थापना गरेका थिए। उनीहरूले पालो अल्टोमा सानो अफिस भाडामा लिएका थिए। यो कम्पनीले पत्रिका प्रकाशन उद्योगको लागि नक्सा, दिशा, र पहेंलो पेज सहित इन्टरनेट सिटि गाइडको विकास तथा बजारीकरण गर्यो।ृ४६े मस्कले बताएका छन् कम्पनी सफल हुनु अगाडी, उनले अपार्टमेन्ट जुटाउन सक्दैनथे र उनी अफिसमा नै सुत्ने गर्थे र एउटा कम्प्युटर भाइसंग साझा गर्थे। मस्कका अनुसार , “वेवसाइट दिनमा चल्थ्यो र म राती कोडीङ गर्थे, हप्ताको सातै दिन सबै समय। मस्क दाजुभाइले द न्युयोर्क टाइम्स र सिकागो ट्रीब्युन बाट ठेक्का पाए,र सिटि सर्च कम्पनीसंग गाभिने योजना त्याग्न बोर्ड अफ डिरेक्टरलाई सहमत गराए । कम्पनीका अध्यक्ष रिच सर्किनले सम्हालिरहेकोे सिइओको पद हासिल गर्ने मस्कको प्रयास बोर्डबाट अस्वीकृत भयो । १९९९ फेब्रुअरीमा कम्प्याकले ३०७ मिलियन अमेरिकी डलरमा जिप टु खरिद गर्यो ।मस्कले उनको ७ प्रतिशत शेयरको लागि २२ मिलियन अमेरिकी डलर प्राप्त गरे। सन् १९९९ मा मस्कले अनलाइन वित्तीय सेवा तथा इमेल भुक्तानी कम्पनी एक्स डट कमको सह–स्थापना गरे। यो स्टार्टअप पहिलो अनलाइन बैंकिङ्ग सेवा मध्ये एक थियो र, यसको प्रारम्भिक महिनामा नै २ लाख ग्राहक यसको सेवामा जोडिए। कम्पनीका लगानीकर्ताहरूले मस्कलाई एक अनुभवको कमी भएको महसुस गरे र त्यो वर्षको अन्त्य सम्ममा बिल ह्यारिसले उनको स्थान लिए। अर्को वर्ष, एक्स डट कम अनलाइन बैंक कन्फिनिटि सँग गाभियो। कन्फिनिटिको स्थापना म्याक्स लेभ्चिन र पिटर थिलले गरेका थिए। कन्फिनीटिको आफ्नै मनी ट्रान्सफर सुबिधा थियो, (यसको नाम पेपाल थियो), जुन एक्स डट कमको भन्दा चर्चित थियो। गाभिए पछि बनेको कम्पनीमा, मस्क सिइओ बने। मस्कको रोजाई लिनक्स भन्दा पनि माइक्रोसफ्ट सफ्टवेयर परेपछि कम्पनीमा खाडल उत्पन्न भयो र थिलले राजीनामा दिए। प्राविधिक मामिला र संसक्त व्यापार मोडलको कमीले, २००० सेप्टेम्बरमा बोर्डले मस्कलाई हटाएर उनको स्थानमा थिललाई सिइओ बनायो। थिलको मातहतमा, कम्पनीले पेपाल सेवामा केन्द्रित गर्यो र २००१ मा पेपाल नामाकरण गर्यो। सन् २००२ मा, पेपाल ४१.५ अर्ब सहित इबेमा गाभियो । जसमा मस्क ११.७ प्रतिशत सेयर सहित १०० मिलियन डलर सहित सबैभन्दा ठूला हिस्सेदार थिए।
२००१ मा, मस्क गैर–नाफामुलक संस्था मार्स सोसाइटी मा संलग्न भए। उनी मंगल ग्रहमा बिरुवा हुर्काउनको लागि च्याम्बर बनाउने योजनाबाट प्रभावित भए र त्यो परियोजनामा आफैले पैसा दिने कुरामा छलफल गरे। सन् २००१ अक्टोबर मा, मस्क पुरानो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र, जसबाट हरितगृह पेलोड अन्तरिक्षमा पठाउन सकिन्थ्यो, खरिद गर्नको लागि मस्को भ्रमण गरे। उनले एन.पी.ओ लाभोच्किन र कोस्मोत्रास कम्पनीसँग छलफल गरे। यद्यपि उनीहरूले मस्कलाई सिकारुको रुपमा हेरे र एक जना रुसी प्रमुख डिजाइनर सँग त मस्कको विवाद नै भयो। उनको समुह खाली हात अमेरिका फर्कियो। २००२ फेब्रुअरीमा, त्यो समूह तीन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको लागि रसिया गयो। उनीहरूले कोस्मोत्रास सँग अर्को बैठक गरे। कोस्मोत्रासले एक रकेट ८ मिलियन डलर प्रस्ताव गर्यो, जुन मस्कले अस्वीकार गरे। त्यसको साटो मस्कले एउटा कम्पनी सुरु गर्ने निर्णय गरे जुनले किफायती रकेट बनाउन सक्थ्यो। आफ्नो प्रारम्भिक सम्पत्तिको १०० मिलियन डलरबाट मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कोर्प., (स्पेस एक्सको नामले कारोबार हुने, कम्पनी २००२ मे मा स्थापना गरे।
तीन असफल प्रक्षेपणपछि, २००८ मा चौथो प्रयासमा स्पेसएक्स फाल्कन १ लन्च गर्न सफल भयो। पृथ्वीको भूकेन्द्रीय कक्षमा पुग्ने, यो नै पहिलो निजी तरल–इन्धन रकेट थियो । त्यो वर्षको अन्त्यमा, स्पेसएक्सले फाल्कन ९ र ड्कोरयागन स्पेसक्राफ्ट लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा व्यवसायिक आपूर्ति सेवा कार्यक्रम ) को १.६ बिलियन डलरको ठेक्का प्राप्त गर्यो । यसले २०११ मा अवकास पाउने स्पेस सटलको स्थान लियो ।सन् २०१२ मा, ड्रयागन गाडीले बेर्थ प्राप्त गर्यो, जुन निजी कम्पनीको लागि पहिलो घटना थियो। पुनर्प्रायोज्य रकेटको लक्ष्यमा काम गर्दैगर्दा,सन् २०१५ मा, स्पेसएक्सले फाल्कन ९ को पहिलो चरणलाई सफलतापूर्वक अवतरण गरायो। अवतरण अटोनोमस स्पेसपोर्ट ड्रोनसिप, एक समुद्र आधारित रिकभरी प्लेटफर्ममा भएको थियो।सन् २०१८ मा, स्पेसएक्सले फाल्कन हेबी प्रक्षेपण गर्यो। यसमा तेस्ला रोडस्टार डमी पेलोडको रुपमा राखिएको थियो ।सन् २०१७ मा, स्पेस एक्सले अर्को पिँढीको गाडी तथा स्पेसक्राफ्ट सिस्टम, बिग फाल्कन रकेट लन्च गर्ने कुरा सार्वजनिक गर्योक्ष् बिग फाल्कन रकेटलाइ पछी स्टारसिप नामाकरण गरियो, र यसले स्पेसएक्सको सबै प्रक्षेपणलाई धान्न सक्छ । सन् २०१८ मा, स्पेस एक्सले २०२३ लुनार सर्कमनेभिगेसन मिसन, एक निजी उडान डियरमुन प्रोजेक्ट को घोषणा गर्यो । सन् २०२० मा, स्पेसएक्सले पहिलो मानवसहितको उडान डेमो–२ प्रक्षेपण गर्यो, र स्पेस एक्स मानवलाई कक्षमा लैजाने र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने पहिलो निजी कम्पनी बन्यो।
सन् २०१५ मा स्पेसएक्सले स्याटेलाइट इन्टरनेट एक्सेस प्रदान गर्न पृथ्वीको तल्लो कक्ष उपग्रहको स्टारलिङ्क कन्स्टिलेसनको विकास प्रारम्भ गर्यो ।यसको पहिलो दुई प्रोटोटाइप स्याटेलाइट २०१८ फेब्रुअरीमा प्रक्षेपण गरियो ।सन् २०१९ मे मा परिक्षण स्याटेलाइटको दोस्रो पटक र कन्सटिलेसनको पहिलो ठूलो परिचालन भयो, त्यसमा पहिलो ६० स्याटेलाइट प्रक्षेपित गरिएका थिए ।दशक लामो यस परियोजनाको डिजाइन, निर्माणम तथा कन्सटिलेसन परिचालनको कुल लागत स्पेसएक्सले कटिब १० अर्ब डलर अनुमान गरेको छ ।
टेस्ला इन्क, —सुरुमा टेस्ला मोटर्स — २००३ जुलाईमा मार्टिन इबरहार्ड र मार्क टार्पेनिंग द्वारा स्थापना गरिएको थियो र उनिहरूले कम्पनीमा पैसा राखेका थिए । कम्पनीको प्रारम्भिक विकासमा मस्कको संलग्नता सँगै दुवै जनाले सक्रिय भूमिका खेलेका थिए । मस्कले २००४ फेब्रुअरीमा सिरिज ए राउण्ड अफ इन्भेस्टमेन्टको नेतृत्व गरे । उनले ४६.५ मिलियन लगानी गरे, सबैभन्दा ठुला लगानीकर्ता बने, र अध्यक्षको रुपमा टेस्लाको सञ्चालक समितिमा प्रवेश गरे । मस्कले कम्पनीमा सक्रिय भूमिका लिए र रोडस्टार प्रोडक्ट डिजाइनको निरीक्षण गरे । यद्यपि उनी दिन दैनिक व्यापार संचालनमा त्यति संलग्न थिएनन् । सन् २००७ का कम्पनी भित्रको बढ्दो तनाव र २००८ को वित्तीय सङ्कट पछी, इबरहार्ड कम्पनीबाट बाहिरिए । सन् २००८ मा सिइओ र प्रोडक्ट आर्किटेक्टको रुपमा कम्पनीको नेतृत्व लिए । २००९ मा इबरहार्ड संगको कानुनी सहमति अनुसार, टार्पेनिंग र अन्य दुई जनाको साथ साथै, मस्क टेस्लाको सह–संस्थापक भए ।
२०१६ मा, मस्कलले न्युरालिंकको सहस्थापना गरे। मानव दिमागलाई कृत्रिम बौद्धिकता (ए.आइ) संग एकीकृत गर्नु यसको उद्देश्य रहेको छ। न्युरालिंकको उद्देश्य यस्तो डिभाइसको निर्माण गर्नु हो, जुन मानव दिमागमा जडान गर्न सकिन्छ र दिमागलाई मेसिनसँग जोड्न सकियोस्।२०१६ मा मस्कले टनेल निर्माणको लागि द बोईङ कम्पनीको स्थापना गरे।

