समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ग्राहकहरूको बचत फिर्ता प्रक्रिया सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले बैंकका निक्षेपकर्ताहरूलाई आफ्नो बचत फिर्ता गर्न विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरेको छ।
बैंकले केन्द्रीय कार्यालय नेपालगञ्ज, तुल्सीपुर शाखा, लमही शाखा, गुलरिया शाखा, बाँसगढी बर्दिया शाखा, भुरिगाउँ दाङ शाखा, घोराही शाखा, कोहलपुर शाखा, खजुरा शाखा, सानोश्री शाखा, भालुवाङ शाखा, गढवा शाखा, राजापुर शाखा, नारायणपुर शाखा, सिसहनिया शाखा, शम्शेरगञ्ज शाखा, बैजापुर शाखा र विजौरी शाखा दाङबाट बचत फिर्ता गर्ने छ ।
बैंकले बिरामी, वृद्ध, र बालबालिकालाई पहिलो प्राथमिकता दिँदै फिर्ता प्रक्रिया अगाडि बढाउने बताएको छ। एक व्यक्तिका लागि २५ हजार रुपैयाँको सीमा राखिएको छ भने प्रति शाखा अधिकतम ५० जनासम्मलाई निक्षेप भुक्तानी गरिनेछ।

