काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब बराबरको तरलता खिच्न तयारी गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले २० दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने तयारी गरेको हो ।
बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी १३ फागुनमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

