काठमाडौं । शुक्रबार (आज)राष्ट्रियसभाको बैठक बस्ने कार्यतालिका छ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः१५ बजे सुरू हुने जनाईएको छ ।
अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परिक्षकको ६२ औं बार्षिक प्रतिबेदन’ सभा समक्ष पेश गर्नेछन् भने बिधायन ब्यवस्थापन समितिको सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित ‘जलस्रोत बिधेयक, २०८१ सबन्धी बिधायन ब्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

