काठमाण्डौ । आज देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ।
आज दिनभर देशभर बदली हुने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका क्षेत्रमा धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कुन-कुन पाँच प्रदेशमा भारी वर्षाको सम्भावना ?
मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुनेछ। साथै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भने भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ।

