मुस्ताङ। जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भईरहेको छ । सडक विभाग, नेपाल प्रहरी र स्थानीय निकायको संयुक्त टोली अवरुद्ध सडक खुलाउन परिचालन भएको छ ।

