काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मुलुकमा विद्यमान असामान्य परिस्थितिका कारण हालका पठनपाठन गतिविधि स्थगित गर्दै आगामी कार्तिक ११ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन हुने जनाएको छ।
विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सार्वजनिक गरेको सूचनामा हिउँदे बिदा कटौती गरी भदौ २९, ३०, ३१ र असोज १, २, ५ तथा कार्तिक ९ गतेसम्म सम्पूर्ण पठनपाठन बन्द रहने स्पष्ट गरिएको छ।
सूचनामा भनिएको छ, “मुलुकभरको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयको पठनपाठन कार्य उक्त मितिहरूमा बन्द रहनेछ र नियमित कक्षा कार्तिक ११ गतेदेखि सञ्चालन हुनेछ।”
जेनजी आन्दोलनका कारण देशभर शैक्षिक गतिविधि प्रभावित भएको अवस्थामा त्रिविले जारी गरेको यो निर्णयले विद्यार्थी, अभिभावक र शिक्षकलाई स्पष्ट जानकारी दिएको छ।

