काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आम सहमतिको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री नियुक्तिको शपथग्रहण कार्यक्रम आज राति ९ बजे शीतलनिवासमै हुने तय भएको छ।
नियुक्तिपछि तत्कालै मन्त्रिपरिषद् गठन गरी पहिलो बैठक पनि शीतलनिवासमै बस्ने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए। उक्त बैठकले संसद् विघटनलगायतका विषयमा आवश्यक सिफारिस गर्ने बताइएको छ।
कार्कीको नेतृत्वमा बन्न लागेको यो सरकारलाई जेन–जी आन्दोलनसँग जोडिएको परिवर्तनको पहिलो औपचारिक कदमको रूपमा हेरिएको छ।

