काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। शपथग्रहण समारोह शुक्रबार राति शीतलनिवासमा सम्पन्न भएको थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतको उपस्थिति रहेको थियो।
यससँगै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।

