काठमाडौँ। हाल देशभर मनसुनी वायु र स्थानीय वायुसँगै मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारण बदली, बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा तराईका केही स्थानमा वर्षाको सम्भावना छ। तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र चट्याङ पर्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहँदा अन्य क्षेत्रमा आंशिक बदली हुने बताइएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने अनुमान गरिएको छ।