काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। आजको बजारमा केही तरकारी सस्तिएका छन् भने केहीको मूल्य ह्वात्तै बढेको देखिएको छ।
समितिका अनुसार आज च्याउ, काउली, बन्दा र फर्सीको मूल्य घटेको छ भने बोडी, भन्टा, करेला र लौका महँगिएका छन्। केही तरकारीको मूल्य भने हिजोअस्तीकै स्तरमा स्थिर छ।
आज कालीमाटी बजारमा प्रमुख तरकारीहरूको औसत मूल्य यसप्रकार रहेको छ :
गोलभेँडा (ठूलो भारतीय) : रु ७५ प्रति किलो
गोलभेँडा (सानो लोकल) : रु २१ प्रति किलो
गोलभेँडा (टनेल) : रु ३५ प्रति किलो
रातो आलु (लोकल) : रु ५२ प्रति किलो
प्याज (भारतीय सुकेको) : रु ३६ प्रति किलो
गाँजर (लोकल) : रु १०३ प्रति किलो
काउली (स्थानीय) : रु ५५ प्रति किलो
बन्दा (लोकल) : रु ६५ प्रति किलो
भन्टा लाम्चो : रु २८ प्रति किलो
भन्टा डल्लो : रु ४२ प्रति किलो
बोडी (तने) : रु ११२ प्रति किलो
करेला : रु ४५ प्रति किलो
लौका : रु ५३ प्रति किलो
परवर (लोकल) : रु ६५ प्रति किलो
घिरौँला : रु ४७ प्रति किलो
डल्ले फर्सी : रु ३७ प्रति किलो
पाकेको फर्सी : रु ६५ प्रति किलो
च्याउ (कन्य) : रु १८०, च्याउ (डल्ले) : रु २७० प्रति किलो
ब्रोकाउली : रु १६३ प्रति किलो
हिजोको तुलनामा आज बोडीको मूल्य ८५ बाट बढेर ११२ रुपैयाँ, जबकि काउली ७५ बाट घटेर ५५ रुपैयाँमा पुगेको छ। त्यस्तै, डल्ले च्याउ ३०२ बाट घटेर २७० रुपैयाँ, र ब्रोकाउली १७२ बाट घटेर १६३ रुपैयाँमा झरेको छ।
समितिका अनुसार बजारमा माग–आपूर्ति र बित्तीय कारोबारको अवस्थाअनुसार मूल्य दैनिक समायोजन गरिन्छ। आजको मूल्यसूचीमा गोलभेँडादेखि च्याउसम्मका १०० भन्दा बढी कृषि उपजका दर सार्वजनिक गरिएको छ।