काठमाडौँ — नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रालिबीच घरायसी सामग्री खरिदमा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार, लिफ प्लसले सुपारीको पातबाट उत्पादन गर्ने पर्यावरणमैत्री सामग्री—जस्तै प्लेट, कचौरा, थाल, चम्चा आदि—खरिद गर्दा नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गरेमा ग्राहकले बिल रकममा २० प्रतिशतसम्म छुट पाउनेछन्।
ग्राहकले लिफ प्लसको वेबसाइट leafplus.com.np वा वाट्सएप नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ प्रयोग गरी सामान अर्डर गर्न सक्नेछन्।
२०७२ असोज २७ गते भएको उक्त सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लसका प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन्।