काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक एक महिना पछि सरेको छ ।
यसअघि कात्तिक २७ र २८ गतेका लागि बोलाइएको बैठक सारेर झण्डै एक महिना पछि मंसिर २४ र २५ गतेका लागि तय गरिएको हो।
पार्टीका महासचिव तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङले आज जारी गरेको विज्ञप्तिमा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा तथा प्रकाशचन्द्र लोहनीसँग परामर्शपछि बैठक सारिएको उल्लेख गरिएको छ।

