इनरुवा । सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ।
कारागार प्रशासनका अनुसार आइतबार बिहान करिब ५ः३० बजे ‘बी’ बन्दीगृहमा ५३ वर्षीय बन्दी सुधना सरदार अचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि तत्काल प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले जिल्ला अस्पताल इनरुवा पुर्याएको थियो।
तर, अस्पतालमा बिहान ६ः१५ बजे उपचारको क्रममा सरदारको मृत्यु भएको जिल्ला अस्पताललाई उद्धृत गर्दै जेलर सुभाष लामिछानेले जानकारी दिए।
सरदार जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशमा ‘जिउ मास्ने बेच्ने’ मुद्दामा दोषी ठहर भई झुम्का कारागारमा सजाय भोगिरहेका थिए।

