काठमाडौ : कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ ।
परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको समाचार छ ।
यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि बताइएको छ ।
यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो ।
तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।
कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

