नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहीवार बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित उहाँको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
लामो समयसम्म गृहसचिव रहनुभएका उहाँ एक कुशल प्रशासकका रूपमा चिनिनुहुन्छ । उहाँका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरू प्रकाशन, प्रसारण भएका छन् । उहाँकी श्रीमती र दुई छोरा हुनुहुन्छ ।
