काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कुल १०७ वटा चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा आवेदन दिएको १२० राजनीतिक दलमध्ये १०२ दललाई एकल, १२ दललाई संयुक्त रूपमा चिह्न वितरण गरिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा दर्ता कायम राजनीतिक दलको संख्या १४३ रहेको छ। तीमध्ये ११४ दलले आगामी निर्वाचनमा भाग लिने र १०७ चिह्न प्रयोग हुने आयोगले जनाएको छ।
अग्रपंक्तिका राजनीतिक दलका चुनाव-चिह्न
आयोगले प्रदान गरेका चिह्नमध्ये—१. सूर्य २. रुख ३. तारा ४. घण्टी
प्रमुख चार चुनाव चिह्नका रूपमा रहेका छन्। सूर्य नेकपा एमालेको चुनाव चिन्ह हो भने रुख, तारा र घण्टी क्रमश: नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिन्ह हो ।
आयोगद्वारा वितरण अन्य प्रमुख चिह्नहरू
हलो, ढल्केको छाता, लाउड स्पिकर, सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको आँखा, जरायो, दुई हात जोडिएको नमस्कार लगायतका चिह्न पनि निर्वाचनमा प्रयोग हुनेछन्।
थप विविध चिह्नहरू
कुखुराको भाले, जग, पञ्जा, इनार, डोको, हसियाँ–तारा, कमल, उल्टो धनुष, गितार, घर, मोटरसाइकल, साँचो, मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी लगायतका चिह्नहरू पनि सूचीमा समावेश छन्।
आयोगले उपलब्ध गराएका अन्य विस्तृत चिह्नहरू
तुलसी मठ, गाग्री, ब्याट्री, काँधमा ढुङ्गा बोकिरहेको मान्छे, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलो घेराभित्र शंख, बज्र, हात्ती, माहुरी, पुरुष, काखमा बच्चा बोकेकी आमा, चिट्ठी बोकेको परेवा, अँजुलीको माटो, बालीनाली बोकेकी महिला, कोदालो बोकेको किसान, त्रिशूल, घोडा, गुलाफको फूल, आँपको कलशसहित गाग्रो, किबोर्ड, निलो २४ किलाको चक्र, हात मिलाएको चिन्ह, चापाकल आदिलाई पनि चिह्नका रूपमा मान्यता दिइएको छ।
अन्य चिह्नहरूको फेहरिस्त
बिजुलीको चिम, सिट्ठी, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीनढुङ्गे अधिनो, ढुङ्गेधारा, गदा, भेडा, चश्मा, दियो, बस, स्कुटर, रुद्राक्ष, दुई पैतला, करुवा, षट्कोण, सुकुन्दा, पुल, चकिया, तीन पातको बिरुवा, पानीको बोतल, बुल्डोजर, सिउने कल, हात मिलाएको जोडी, परेवा, तराजु, खरायो, जुत्ता, खुला किताब, ताला, कान, श्रीवत्स, लाइक चिन्ह, कोदालो, मकैका बालाहरू, दुई औँला उठाएको हात, जगरसहित सिंह, डुङ्गा र भैँसीसमेत यसपालि प्रयोग हुने निर्वाचन चिह्नमा समावेश छन्।

