काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतकको कुल संख्या ३५ पुगेको छ। आइतबार जनकपुर बोल्ट्सका सन्जय कृष्णमूर्तिले ३७ बलमा एक चौका र चार छक्कासहित ५० रन पूरा गरेपछि यो संख्या ३५ पुगेको हो।
मूर्तिको यो एनपिएलको जारी सिजनको दोस्रो अर्धशतक पनि हो।
यस सिजनको ३५ अर्धशतक २९ खेलाडीले मिलेर बनाएका छन्।
चितवन राइनोजका रवि बोपरा तीन अर्धशतकसहित शीर्षमा छन्।
पोखरा एभेन्जर्सका कुशल भुर्तेल र एडम रोसिङटन तथा कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक प्रहार गरेका छन्।
यसरी नै एनपिएलमा एक–एक अर्धशतक प्रहार गर्ने खेलाडीहरू धेरै छन् ।
सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन र ईशान पाण्डे विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल र बसिर अहमद पोखरा एभेन्जर्सका सुमित बर्मा, जिमी निशाम, रिसि धवनले एक-एक अर्धशतक प्रहार गरेका हुन् ।
त्यसरी नै चितवन राइनोजका डेविड मलान र अर्जुन साउँद काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन र बेन चाल्र्सवर्थ कर्णाली याक्सका मार्क वाट लुम्बिनी लायन्सका डार्सी सर्ट र जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले पनि एक-एक अर्धशतक आफ्नो नाममा बनाएका हुन् ।
जारी नेपाल प्रमियर लिग (एनपिएल) प्रतियोगितामा शतक प्रहार गर्ने दुई खेलाडी मात्र रहेका छन्—कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटन।

