काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन देशभर राजनीतिक सरगर्मी उत्कर्षमा पुगेका बेला ११४ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा उत्रिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले दर्ता कायम १२० दलमध्ये १०२ दललाई एकल, १२ दललाई संयुक्त गरी जम्मा १०७ वटा चुनाव चिह्न वितरण गरेको हो।
हाल दर्ता कायम राजनीतिक दलको संख्या १४३ रहेकोमा तीमध्ये ११४ दलले निर्वाचनमा भाग लिन औपचारिक रूपमा तयारी पूरा गरेका छन्।

