काठमाडौँ । काठमाडौँको तापक्रम मंगलबार यो वर्षकै सबैभन्दा कम मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रेकर्ड गरिएको हो।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम छ भने हिमाली क्षेत्रका केही स्थानमा हिमपात भएको छ। चिसो अझै बढ्ने अनुमान गरिएको छ।
जुम्लाको तापक्रम माइनस ४.५ डिग्री मापन भएको छ।
विभागले तराईमा हुस्सु–कुहिरो र पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली तथा केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

