काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बैठक बस्ने छ । बैठकमा पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरणका विषयमा छलफल हुने कार्यसूची छ।
साथै बैठकमा समसामयिक राजनीतिक अवस्था तथा पार्टीभित्रका विविध विषयमा पनि छलफल हुने जनाइएको छ।

