काठमाडौं — काठमाडौँस्थित बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको हो।
बुधबार सुन तोलामा ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी तोलामा १८० रुपैयाँले वृद्धि भई ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी तोलामा ४ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।

