सरकारले विभिन्न १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ। तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ। गृहमन्त्रलायले हाल १३ जिल्लाले पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको जनाएको छ।
पूर्ण रुपमा निषेधाज्ञा जारी भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, बाँके, दाङ, रुपन्देही, चितवन, पाल्पा कञ्चनपुर, कैलाली र सुर्खेत छन्। आंशिक निषेधाज्ञा लगाएका जिल्लामा बागलुङ कालिकोट, बर्दिया रहेको मन्त्रलायले जनाएको छ। हालसम्म १३ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएको छ,’ गृह मन्त्रालयले भनेको छ, ‘अधिकांश जिल्लाले वैशाख महिना भर निषेधाज्ञा जारी गरेका छन्।
संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिइएको छ।’ हालसम्म निधेधाज्ञा जारी गरेका प्रदेश मध्ये प्रदेश १ का कुनै पनि जिल्लामा निषेधाज्ञा जारी भएको छैन्।
आजदेखि उपत्यकामा सुरु भएको निषेधाज्ञामा निर्माणसम्बन्धी काम भने नरोकिने भएको छ। हजारौँ मजदुर समस्यामा पर्न सक्ने भएकाले काम नरोक्ने निर्णय गरिएको गृह मन्त्रलायले जनाएको छ। स्वास्थ्य मापदण्ड लागू गरेर काम सञ्चालन गर्न दिने निर्णय भएको छ।
