काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई आफैं खटिएका छन् ।
निषेधाज्ञासँगै भित्री सडकहरुमा तुलनात्मक रुपमा गाडीहरु कम चलेका छन् । तर काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा भने विहानको समयमा गाडीहरुको चाप छ । ती गाडीहरुलाई पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको छ ।
