काठमाडौं, पुस १६ गते । बाक्लो हुस्सुका कारण देशभरको आन्तरिक र अन्तराष्ट्रिय उडान पूर्णरुपमा ठप्प भएको छ । देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान ठप्प भएको छ भने विहान ६ बजेको तालिका अनुसारनै अन्तराष्ट्रिय उडान हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
हुस्सुका कारण जहाज उडान र अवतरणका लागि भिजिवलिटी अपुग हुँदा बिहान १० बजेसम्म उडान हुन नसकेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । मंगलबारदेखि मौसम वदलीका कारण चिसो बढेसँगै हवाइ उडान पनि प्रभावित हुँदै आएको छ । शुक्रबार १३९ अराइभल र १३९ डिपार्चर गरी २७८ वटा नियमित आन्तरिक उडान तालिका रहेको छ ।
तीन सय मिटर मात्र भिजिवलिटी रहेकाले विहानैदेखि उडान र अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ ।
