काठमाडौं : राउटे किशोरी माथी भएको यौन दुर्ब्यबहार को बिषयमा प्रेस काउन्सिल ले अध्ययन गर्ने भएको छ ।
आज काउन्सिलले प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ,”उक्त घटनालाई केहि मिडिया, सामाजिक संजाल तथा खासगरी युटुब च्यानलहरुले अतिसयोक्तीपुर्ण ढङ्गले प्रचार प्रसार गरी ती किशोरीहरुको गोपनियताको हक माथी धावा बोलिएको, उनिहरुलाई राउटे समुदाय भित्रै बाच्न सकस बनाइएको, पिडितहरुको पिडामा अझ पिडा थप्ने कार्य गरेको जस्ता कार्य उपर सिघ्र अध्ययन गर्ने निर्णय गरिएको छ ।”
महिला तथा अल्पसंख्यकहरुको भावनामा प्रतिकुल प्रभाब पर्ने गरी गरिएका कार्य उपर सरोकारवालाहरु सँग समेत छलफल गर्ने निर्णय गरेको बिज्ञप्तीमा जनाइएको छ ।
हेर्नुहोस् प्रेस बिज्ञप्ती

