-सानी गुरुङ
काठमाडौ: शनिवार उपत्यकाका सञ्चारकर्मीहरुकाे एक टाेलीले शंखरापुर ४ स्थित जे.पी. प्रतिष्ठान (मैत्री सेवा आश्रम)तथा अन्य केही संस्थाहरुकाे अवलाेकन भ्रमण गर्यो ।
वि.सं. २०७३ फागुनमा राष्ट्रका विशिष्ट व्यक्तित्व द्वारा पहिलाे चरणकाे उद्घाटन सम्पन्न भै संचालित याे आश्रम शालीनदीकाे मुहान रैलेकाे रमणिय ६ हजार फुटकाे उचाइमा अवस्थित छ। विभिन्न ३२ वटा साना ठुला भवनहरु अहिले प्रयाेगमा देख्न सकिन्छ । सेवानिवृत्त जेष्ठ नागरिककाे लागि प्राकृतिकमैत्री वासस्थल भनेर स्थापना गरिएकाे याे सेवा केन्द्रमा हाल दुई दर्जन वृध्दवृध्दाहरु रहेकाे जानकारी पाइयो । सरकारी तथा विशिष्ठ दाताहरुकाे आर्थिक सहयाेगमा पहिलाे चरणकाे निर्माण संगै२०७३ मा उद्धाटन पनि भैसकेको हाे ।

यसैबीच यस्का परिकल्पनाकार तथा संस्थापक अध्यक्ष मित्रसेन दाहालकाे २०७७ फागुन ७ मा असमायिक निधन भयाे। उहाँकाे अप्रत्याशित निधनबाट यस केन्द्रकाे विकासमा अनपेक्षित बाधा पुग्याे तथापि उहाँकी धर्मपत्नी शकुन्तला दाहालकाे अध्यक्षतामा एक समिति कार्यरत देखिन्छ। सेवा केन्द्रकाे नियमित संचालन र पूर्व कार्ययाेजना अनुरुप थप विकास गर्न सह्रृदयी दाताहरुकाे याेगदान जरुरी देखिन्छ ।गत ३ वर्षदेखि आश्रममा रहेका जेष्ठ नागरिक विजय पौेडेलले सेवासुविधा राम्राे रहेकाे वताए । १७ जना स्टाफ र बाआमा कसैलाई काराेना भाइरस नभए पनि खाेपसेवा दिइएको पाइयाे । स्थानीयहरुबाट आश्रमकाे विगत सम्झना गर्दै पत्रकारहरुसमक्ष गुनासाहरु पनि पाेखेका छन्।

यसैगरी टाेलीले ग्याल्साङ् गुम्वालगायतका केही बौध्द पद्द्तीमा संञ्चालित शिक्षालयहरुकाे पनि अवलाेकन गर्न खाेजेका थिए । तर कोभिडकाे कारणले प्रवेष निषेध गरिएकाे र सम्बन्धित संचालकहरु पनि वाहिर रहेकाे जानकारी दिइयाे । उपत्यकाका अन्य सुन्दर मनमाेहक दृश्यावलाेकन याेग्य डाँडा पाखाहरुमा जग्गा माफियाद्वारा जथाभावी वनपाखा, उर्वर भूमिलाई क्षय गर्ने काम भैरहेकाे हाे ।

यस दृष्टिले याे क्षेत्र पनि अछुतो रहन नसकेकाे टाेलीले अनुभूति गय्राे । यसैक्रममा जर्सिंपौवा आादि स्थानमा संचालित सवै तहका विद्यालय काेरना महामारीका कारण बन्द रहेकाे पाइयाे। विद्यार्थीहरुकाे भनाइअनुसार पठनपाठन वैकल्पिक रुपमा चलेका पनि छैनन्। स्टार एक्स्प्रेस साप्ताहिकका प्रधानसम्पादक प्रवीण जाेशीकाे अगुवाइ रहेकेा समुहमा केही नवयुवा जर्नालिष्टहरु सम्मिलित थिए। द टाइम्स अफ नेपालका संचालक ज्ञानप्रसाद पाेखरेल,दिव्य न्युज अनलाइनका सम्पादक सन्ताेष तिवारी ,स्वतन्त्र सञ्चारकर्मी दिपक के.सी. सनराइज ईन्ष्टिच्युटका प्रवन्ध निर्देशक भुवन अर्याल लगायतकाे सहभागीता रहेकाे थियाे। भ्रमणमा स्थानीय समाजसेवी हरि मल्लबाट स्थानीय शालीनदी नारायणस्थान, महादेव पार्वतीकाे धार्मिक र पौराणिक स्थलवारे जानकारी भयाे ।

अवलाेकनकाे क्रममा निर्माण विकासका काम गर्दा स्थानीय तह र अन्य सम्बन्धित पक्षले प्राकृतिक संरचना माथि दाेहन भएकाे, पर्यावरणीय दृष्टिले काममा ध्यान नदिएकाे शंकरापुर ३ का .अमृत अधिकारी र मणिच्युड ४ का कालू तमाङसमेतले पत्रकारसमक्ष दुखेसो गरे । मणिचूड डाँडा र फेदी तथा शाली नदीकाे शिर एवं मुहान क्षेत्रमा रैलेकाे त्याे वनपाखाकाे सौन्दर्यता, घामपानीकाे संगमताले र स्थानीय जनताकाे मधुर स्वागत सत्कारले अझ अवाेकन भ्रमणमा उर्जा थपेकाे सनराईजका अर्यालकाे अभिव्यक्ति थियाे। विहानदेखिकाे हल्का झरी, डाँछेबाट प्रस्थानमा आकाशे पानी केही राेकिंदा यात्रा रमाइलाे भएकाे दिपक के.सी.काे अनुभूति रह्यो । शंकरापुर नगरपालिका,सम्बनधित वडाका पदाधिकारीलाई नयाँ संरचनाकाे सवालमा वेला वेलामा सचेतना र अभिमूखीकरण कार्यक्रम गर्दै जानुपर्ने सम्पादक / वरिष्ठ पत्रकार जाेशीकाे भनाइ थियाे।
-सानी गुरुङ, रैलेबाट
