प्रा.डा. शत्रुघन श्रेष्ठ
सामान्यतया समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक कृयाकलाप विस्तारमा सहयोग पुर्याउने, देशको केन्द्रिय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रीक नीति हो ।
मौद्रीक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्पmत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ । यस्तै महँगी नियन्त्रण्मा मौ मौद्रीक नीतिले मुख्य भूमिका खेल्ने गर्दछ भने अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटले लिएको लक्ष्य पूरा हुने किसिमको मौद्रीक नीति ल्याउनु राष्ट्र बैंकको मुख्य उद्देश्य हो । 
राष्ट्र बैंकले ल्याउने मौद्रीक नीति (Monetary Policy) को सम्बन्ध बैंक तथा वित्तीय संस्था सहित देशको समग्र अर्थतन्त्रसँग रहेको छ । नेपाल सरकार, अर्थमन्त्रालयले बजेट ल्याइसकेपछि नेपाल राष्ट्र बैंकले मौद्रीक नीति सार्वजनिक गर्ने व्यवस्था रहेको छ ।
विश्वका केन्द्रीय बैंकहरुले नै मौद्रीक नीति ल्याउने प्रचलन छ । त्यसैले नेपालमा पनि राष्ट बैंकले प्रत्येक वर्ष मौद्रीक नीति सार्वजनिक गर्दै आइरहेको छ ।
आ.व. ०८२।८३ मा मौद्रीक नीतमिा समेट्नु पर्ने मुख्य विषयहरु
1. लघुवित्त वित्तीय संस्थाहरुमा लगाइएको १५% प्रतिशत भन्दा बढी लाभांश दिन नपाउने नीतिलाई खारेज गरी लघुवित्तले नाफा गरे अनुसार लाभांश दिन पाउने गरी मौद्रीक नीति ल्याउने गर्नुपर्छ ।
2. वित्तीय पहुँचबाट विमूख वर्गलाई आयमूलक गराउने उद्देश्य लिएको (घ) बर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई वाणिज्य बैंक (क) वर्गका बैंकबाट कम्तिमा ९% सम्मको कर्जा सुविधा उपलब्ध गराउने मौद्रीक नीति ल्याउने ।
3. आगामी दिनमा कर्जाको गुणस्तर कायम राख्ने आन्तरिक उत्पादन रोजगारी र आयमा सकारात्मक प्रभाव पार्ने गरी लघुवित्त कार्यक्रम सञ्चालन गर्ने खालका मौद्रीक नीति ल्याउने ।
4. ने.रा.बैंकको मौद्रीक नीतिमा समेटिएका कुराहरु र नेपाल सरकार अर्थमन्त्रालयमा वित्त नीतिका बीच तालमेल मिल्ने गरी मौद्रीक नीति ल्याउने ।
5. अर्थमन्त्रीले ०८२/८३ को बजेटमा विधुतीय सवारी साधनमा (EV) ई.भि. मा लाग्दै आएका कर यथावत राखे जस्तै अव आउने मौद्रीक नीतमा पनि इभि सवारी खरिदकर्तालाई सर्व सुलभ रुपमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गरी अर्थतन्त्रलाई चलायमान गराउनु गरी मौद्रीक नीति ल्याउनु पर्छ ।
6. ने.रा. बैंकले मौद्रीक नीति मार्फत विदेशमा पनि बैंकका शाखाहरु (जहाँ अष्टे्रलिया, अमेरिका, क्यानाडा, जस्ता देशमा शाखा खोलि विदेशी मुद्रा) मौद्रीक नीति मार्फत देशमा (नेपालमा भिœयाइए) अर्थतन्त्रलाई माथि उकास्न मौद्रीक नीति ल्याउने ।
7. उद्यमशीलता, रोजगारी, उत्पादन, उत्पादकत्वको अभिवृद्धि गर्ने मौद्रीक नीति ल्याउनु पर्छ । बजेटमा घोषणा भएका बजेट नीतिमा आधारित ।
8. सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता हुने गरी मौद्रीक नीति
ल्याउने ।
9. नागरिक मैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारमा आधारित हुने गरी मौद्रीक नीति ल्याउने ।
10. बैंकिङ्ग क्षेत्रको पहुँच ग्रामिण क्षेत्रका जनता सम्म लैजान सक्ने मौद्रीक नीति ल्याउने ।
11. देशको अर्थतन्त्रको मूल स्रोत पुँजीबजार भएकोले पुँजी बजारमा लगानी गर्ने सहज वातावरण हुने गरी मौद्रीक नीति ल्याउने ।
12. आ.ब. २०८२/८३ मा नेपाल सरकार, अर्थमन्त्रालयले बजेट मार्फत घोषणा गरेको युवा स्वरोजगार अन्तर्गत रु. २० लाख सम्म, बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा कर्जा उपलब्ध गराउने नीति ल्याउने ।

