काठमाण्डौ। काठमाण्डौ तराई मधेस द्रुत मार्गको काम धमाधम द्रुत गतिमा भइरहेको नेपाली सेनाले जनाएको छ।
खोकना, ललितपुरवाट प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०.७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २.११ खर्ब लागतमा नेपाली सेनाले निर्माण गरिरहेको हो । जुन सडक खण्डमा ७ वटा सुरूङ मार्ग बन्नेछन भने ४ वटा सुरूङ मार्गको ब्रेक थ्रु भइकेको छ ।
साथै, द्रुतमार्गको सडक खण्डमा ८९ वटा पुल बनाउनु पर्नेमा ५ पुल सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
२०७४ सालमा सुरू भएको यो फास्ट ट्रयाक २०८३ चैतमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ४२.७३ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

