काठमाण्डौ— गएराति भएको कम्युनिटी शिल्डको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रिस्टल प्यालेसले उपाधि जितेको छ। यस जितसँगै क्रिस्टल प्यालेसले क्लबको इतिहासमै पहिलोपटक यो उपाधि आफ्नो नाममा लेखेको छ।
निर्धारित समयमा दुवै टोलीले २–२ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा क्रिस्टल प्यालेसले ३–२ को अन्तरमा लिभरपुललाई पराजित गर्यो।
कम्युनिटी शिल्डको खेल हरेक वर्ष प्रिमियर लिग सुरु हुनुअघि अघिल्लो सिजनको प्रिमियर लिग विजेता र एफए कप विजेताबीच हुने गर्छ। यो उपाधि सबैभन्दा धेरै जित्ने क्लब म्यानचेस्टर युनाइटेड हो, जसले २१ पटक यो सफलता हासिल गरेको छ। त्यसपछि आर्सनलले १७ र लिभरपुलले १६ पटक उपाधि जितेका छन्।
Previous Articleगाजामा इजरायली हमला: अल जजिराका पाँच पत्रकारको निधन
Next Article जनकपुरमा रेलसित ठोक्किँदा कार क्षतिग्रस्त

