काठमाडौं । मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार राति पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । सवारी साधनले लेन अनुशासन पालना नगर्दा पहिरो पन्छाउने उपकरण पहिरो गएको क्षेत्रमा पुग्नसमेत समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने मेशिनसमेत नपुगेकाले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ ।