काठमाडौं । देशभर भ्रष्टाचारविरोधी आवाज चर्किदै मुलुकभर आगो सल्किरहेको बेला दैलेख जिल्ला स्थित डुंगेश्वर गाउँपालिकामा अर्को घुसकाण्ड घटेको छ । यो काण्डले अझै पनि भ्रस्टाचार धन्दा नरोकिएको र भोलि पनि नरोकिने संकेत गर्दछ ।
गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार साँझ सुर्खेतको वीरेन्द्रनगर–९, मंगलगडी चोकबाट कार्कीलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्कीले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने नाममा सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए। उजुरीपछि गरिएको ‘स्टिङ अपरेसन’मा कार्की सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्।
अख्तियारले कार्कीविरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ।