काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसोदेखि रातिसम्म देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा आंशिकदेखि पूर्ण बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेश प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ। यस्तै, राति पनि सबै प्रदेशमा बदली रहने र कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी–तराई भूभागसहित मधेशका केही स्थानमा वर्षा हुने देखिएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव सक्रिय रहेको छ।