काठमाडौँ । बङ्गलादेशमा बुधबारदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ ।
ढाकास्थित इन्डोर हलमा बुधबार भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २७-२५ ले पराजित भएको हो ।
अब नेपालले आफ्नो दोस्रो खेलमा आज (बिहिबार) घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।

