काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
आगामी फागुन २० गते राष्ट्रियसभाका ५९ मध्ये एक तिहाइ सदस्यको कार्यकाल सकिँदैछ। कानुनअनुसार कार्यकाल सकिनु अघि ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान रहेकाले सरकारले माघ ११ गते रिक्त हुने सदस्यका लागि निर्वाचनको मिति निर्धारण गरेको हो।

