काठमाडौँ — देशभर कुनै महत्त्वपूर्ण मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
महाशाखाले रातिको अवस्थामा पनि देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको छ। तर केही स्थानमा आंशिक बदली हुने सम्भावना रहेको बताइएको छ।

