वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले तोकेको सोही अवधिको रु ८९ अर्ब २४ करोड लक्ष्यमध्ये करिब ८५ प्रतिशत मात्र राजस्व उठेको हो।
चालु वर्षका साउन, भदौ र असोज महिनामा राजस्व सङ्कलन उत्साहजनक रहे पनि कात्तिकमा भने ठप्प गतिविधि, जेनजी आन्दोलन, छठपर्व र बाढी जस्ता कारणले लक्ष्य पूरा हुन सकेन ।
भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार कात्तिक महिनामा रु २३ अर्ब ६३ करोड लक्ष्य रहेकामा रु १७ अर्ब ३३ करोड मात्र राजस्व उठेको छ।
“पहिला तीन महिनामा राजस्व सङ्कलन लक्ष्यअनुरूपै उन्मुख थियो,” उनले भने, “तर कात्तिकमा परिस्थिति प्रतिकूल भयो।”
कार्यालयका अनुसार साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको छ।
भन्सारले आगामी महिनाहरूमा लक्ष्य पुर्याउने अपेक्षा राखेको छ।

