काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले सिंहदरबारमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटमा गुरुङले सरकार र जेनजीबीच जारी सम्झौता प्रक्रियामा भएको प्रगति प्रति चासो व्यक्त गरेका छन् ।
गुरुङले जेनजी आन्दोलनलाई वैधता दिनेगरी सम्झौता टुंग्याउने काम जतिसक्दो तीब्र रुपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपति समक्ष पठाइने हस्ताक्षर प्रक्रिया ढिला हुन नहुने बताए।
भेटमा उनले आन्दोलनमा सहभागी युवामाथि भएको धरपकडको विषय पनि उठाएको दावी स्रोतले गरेको छ।
उनका अनुसार धरौटी तिर्न नसकेका युवाहरूलाई पुर्पक्षमा थुनामा पठाइएको छ, जसले आन्दोलनकारी परिवारहरू थप समस्यामा परेको बताउँदै आवश्यक पहलका लागि आग्रह गरेका छन् ।

