काठमाडौँ: कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् ।
निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ । यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो ।
तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको समाचार प्राप्त भएको छ ।
३५ वर्षभन्दा माथिका गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, मोटोपन छ भने जोन्सन एण्ड जोन्सन खोप दिन सिफारिस गरिएको बताइएको छ ।
खोप लगाउने मिति तोेकिए पछि विना कुनै हिचकिचाहट खोप लगाउन आग्रह गरिएको छ ।
