संखुवासभा: संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको समाचार प्राप्त भएको छ।
६ जनाको हत्या भएको बिहान गाउँलेले देखेको र कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) लालध्वज सुवेदीका अनुसार ९३ वर्षीया हजुरआमादेखि ४ वर्षका बालकसमेत मृत फेला परेका छन् ।
